• २०८३ असार ३१ | Wed, 15 Jul 2026

उपन्यासकार नीलम कार्कीको ‘राजमाता’ सार्वजनिक

उपन्यासकार नीलम कार्कीको ‘राजमाता’ सार्वजनिक

काठमाडौँ । उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ। फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति शनिबार नेपाल पर्यटन बोर्डमा सार्वजनिक गरिएको हो ।

संस्कृतिविद् प्रा डा वीणा पौडेलले उहाँको उपन्यासमाथि समीक्षा गर्नुभयो । उहाँका अनुसार साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेका छन् । जसमा कार्कीले लेखेको यो उपन्यासले इतिहासको एक हिस्सालाई दस्तावेज गरेको उहाँले बताउनुभयाे ।

पौडेलले दसौँ शताब्दीयताको एउटा सांस्कृतिक रहनसहनबारे प्रतिबिम्ब झल्किने उपन्यास राजमाताले त्यस कालखण्डको धेरै नालीबेली समेटेको टिप्पणी गर्नुभयो ।

कार्कीले सन् २०१९ देखि राजमाता उपन्यास लेख्न थाल्नुभएको थियाे । तर यस अवधिमा कोरोना महामारीले उपन्यास थन्किएको उहाँले बताउनुभयो । लेख्दालेख्दै मरिने हो कि जस्ता भावनाहरुले उहाँलाई त्यतिबेला अल्झाएको क्षण सम्झँदै अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेको कार्कीले बताउनुभयो ।

उपन्यास सार्वजनिक गरेपछि लेखक सोभित सिम्खडाले लेखक कार्कीसँग राजमाताको विषयमा अन्तरक्रियात्मक संवादसमेत गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १६, सोमबार ०१:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP