काठमाडौँ । सरकारले लामो तथा मध्यम दुरीका (अन्तर प्रदेश) यात्रुवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ ।
बढेको नयाँ सूचीअनुसार भाडा एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्मले बढेको छ।
सार्वजनिक गरिएको २८० वटा विभिन्न रुटहरूको भाडा सूचीअनुसार सबैभन्दा कम नारायणगढ–कावासोती बजारसम्म १८ रुपैयाँ भाडा बढेको छ भने सिन्धुलीमाढी–बर्दिबास रुटमा १९ रुपैयाँ भाडा बढेको छ। सबैभन्दा धेरै काठमाडौँ–अत्तरिया हुँदै बाजुराको मार्तडी पुग्ने रुटमा ५२४ रुपैयाँ भाडा बढेको छ ।
काठमाडौँ–अत्तरिया–चैनपुर (बझाङ) रुटमा ५२० रुपैयाँले बढेर ३ हजार ६३५ रुपैयाँ पुगेको छ। काठमाडौँबाट बाहिरिने प्रमुख गन्तव्यहरूको भाडा पनि उल्लेख्यरूपमा बढेको छ।
काठमाडौँबाट पोखरा जाने यात्रुले अब १०९ रुपैयाँ बढी तिर्नुपर्नेछ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको कारण देखाउँदै नेपालमा पनि इन्धनको मूल्य बढेको छ। यसकारण व्यवसायीहरुले सवारी साधनको भाडा बढाउनु पर्ने माग राख्दै आएका थिए।
आज सरकारले भाडा बढाएको हो । तर अन्तर्राष्ट्रिय बजारमा आजदेखि इन्धनको मूल्यमा गिरावट आएको छ र मंगलबारदेखि नेपाल सरकारले पनि इन्धनको मूल्यमा लगाइएको कर ५० प्रतिशत घटाउने निर्णय गरेको थियो। तर आज भाडा बढाएपछि यसको आलोचना भइरहेको छ।
प्रतिक्रिया