• २०८३ असार ३० | Tue, 14 Jul 2026

२०८३ साल वैशाख ११ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

२०८३ साल वैशाख ११ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । आज २०८३ साल वैशाख ११ गते शुक्रबार । वैशाख शुक्ल पक्षको अष्टमी तिथी । तदनुसार सन् २०२६ अप्रिल २४ तारिख । यस्ताे छ आजकाे राशिफलः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका कामहरूले गति लिनेछन् र नयाँ कार्यको थालनी गर्ने अवसर प्राप्त हुनेछ । व्यापार तथा व्यवसायमा आम्दानी बढ्नेछ भने मित्रजनबाट अपेक्षित सहयोग मिल्नेछ । पारिवारिक सुख र शान्ति छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मीठो भोजन र नयाँ वस्त्र प्राप्तिको सम्भावना देखिन्छ । सामाजिक मान–प्रतिष्ठामा वृद्धि हुनेछ । बोलीको प्रभावले अरूको मन जित्न सफल भइनेछ, तर अनावश्यक बहसबाट जोगिनु राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कला र साहित्यको क्षेत्रमा रुचि जाग्नेछ । उपहार वा प्रशंसा प्राप्त हुन सक्छ । पारिवारिक सम्बन्धमा मधुरता छाउनेछ । नयाँ ज्ञान सिक्ने वा अध्ययनमा सफलता मिल्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले धनको परिचालनमा सावधानी अपनाउनुहोला । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । टाढाको यात्रा गर्दा सचेत रहनुपर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । दाजुभाइ वा ठूला व्यक्तिको सहयोगले महत्वपूर्ण काम बन्नेछ । रोकिएको धन फिर्ता आउने योग छ भने मन प्रसन्न रहनेछ ।

कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको परिणाम सुखद आउनेछ । समाजमा छवि अझ राम्रो बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले साथ दिने हुनाले जटिल कामहरू पनि सजिलै सुल्झिनेछन् । वैदेशिक क्षेत्रको लगानी वा कार्यबाट विशेष लाभ हुने देखिन्छ । यात्राको अवसर जुट्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ, त्यसैले शारीरिक आराममा जोड दिनुहोला । सोचेका काममा केही अवरोध आउन सक्छ । संयमित भएर निर्णय लिनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापारमा साझेदारीबाट राम्रो आम्दानी हुनेछ । रमाइलो यात्राको योग छ भने विपरीत लिङ्गी साथीबाट विशेष सहयोग मिल्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पुराना विवादहरू सुल्झिनेछन् । स्वास्थ्यमा सुधार आउनेछ र शरीरमा स्फूर्ति बढ्नेछ । रोकिएका कामहरू सम्पन्न गर्न आजको दिन उपयुक्त छ । प्रतिस्पर्धामा सफलता हात लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा प्रगति हुने समय छ । प्रेम सम्बन्धमा निकटता आउनेछ । सन्तानको पक्षबाट खुसीको खबर सुन्न पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घरायसी सरसामान खरिद गर्ने योजना बन्न सक्छ । आफन्तसँगको सम्बन्धमा केही असमझदारी देखिन सक्छ, तर संवादबाट समाधान हुनेछ । जग्गा जमिनसम्बन्धी काममा फाइदा हुने योग छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ११, शुक्रबार ०१:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP