• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस हाे ।

यसै सन्दर्भ पारेर एमालेले आज देशका विभिन्न भागका स्मृति सभासहित विविध कार्यक्रम गर्दैछ ।

मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरिएकाे एमालेले जनाएकाे छ ।

अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।

जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियाे । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ३, आईतवार ०६:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP