• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

तेस्रो बनेपा उपमेयर कप महिला भलिबल प्रतियोगिता सम्पन्न, श्रीकृष्ण मावि दाप्चा च्याम्पियन

तेस्रो बनेपा उपमेयर कप महिला भलिबल प्रतियोगिता सम्पन्न, श्रीकृष्ण मावि दाप्चा च्याम्पियन

बनेपा । तेस्रो बनेपा उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि श्रीकृष्ण माध्यमिक विद्यालय, दाप्चाले जितेको छ ।

प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै श्रीकृष्ण मावि दाप्चाले प्रथम स्थान हासिल गरेको हो भने ललितपुर महानगरपालिकाको टोली द्वितीय स्थानमा सीमित भयो ।

प्रतियोगिताको समापनसँगै विजेता तथा उपविजेता टोलीलाई नगरपालिकाकाे तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले विजेता श्रीकृष्ण मावि दाप्चा र उपविजेता ललितपुर महानगरपालिकाको टोलीलाई सफलताको शुभकामना दिँदै प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, खेलाडी, प्रशिक्षक तथा आयोजकहरूको योगदानको प्रशंसा गर्नुभयाे ।

महिला खेलकुदको विकास, प्रतिभाको पहिचान तथा खेलमार्फत आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न जिल्लाका तथा संस्थागत टोलीहरूको सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताले महिला भलिबल खेलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । सहभागी खेलाडीहरूले उच्च खेलभावना, अनुशासन र उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै प्रतियोगितालाई सफल बनाएका थिए ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, खेलाडी, प्रशिक्षक तथा आयोजकहरूलाई सफल सहभागिता र खेलभावनाका लागि बधाई तथा धन्यवाद व्यक्त गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १९, मंगलवार २१:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP