• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि भुग्देउलाई

बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि भुग्देउलाई

काभ्रे । सातौँ वडास्तरीय बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं. ६ भुग्देउको महांकाल युवा क्लबले जितेको छ।

मंगलबार भएको फाइनलमा उसले वडा नं. ४ को भूमिमाता युवा क्लबलाई पछि पारेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित भएपछि पेनाल्टी सुट आउटमा ३ का विरुद्ध ४ गोलले महांकालले बाजी मारेको हो । वडा नं. ४ को तिप्चोक खेल मैदानमा असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालित सेभेन ए साइड प्रतियोगितामा बेथानचोक गाउँपालिकाभित्रका १५ वटा क्लबहरु आमनेसामने भएका थिए ।

बेथानचोक गाउँपालिका र भूमिमाता युवाक्लबद्वारा आयोजित प्रतियोगितमा जितसँगै महांकाल युवा क्लबले ६० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात परेको छ । उपविजेता आयोजक क्लब भूमिमाताले नगद ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात परेको छ । विजेता र उपविजेतालाई वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर महांकाल युवा क्लब वडा नं. ६ का मनोज तामाङ, उत्कृष्ट खेलाडी वडा नं. ४ भूमिमाता युवा क्लबका धिरत तामाङ, उत्कृष्ट डिफेण्डर महांकालकै निकेश तामाङ र सर्वाधिक गोलकर्ता ढुंखर्क फुटबल क्लबका मिलन तामाङ भएको आयोजक क्लबका अध्यक्ष माइते तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा बधाई व्यक्त गर्दै वडा अध्यक्ष लामाले अघिल्लो वर्ष र यस वर्षको विपद्का बावजुद पनि गाउँपालिकाले विकास निर्माणका साथै विविध गतिविधिलाई निरन्तरता दिँदै आएको बताउनु भयो । उहाँले खेलकुदले प्रतिस्पर्धात्मक भावना विकास गराई प्रतिभाको जन्म गराउने हुँदा यस प्रकारका प्रतियोगिता वर्षेनी गर्दै आइरहेको जानकारी दिनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ४, मंगलवार ११:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP