• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न दुई जना पक्राउ

एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न दुई जना पक्राउ

काठमाडौँ । एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा रानीमहाल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह र भारत चण्डिगढ बस्ने बर्दिया बारबर्दिया नगरपालिका-८ मगरागडी घर भएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन् ।

क्रिकेट एशोसियसन अफ नेपालद्वारा मंसिर १ गतेदेखि मंसिर २७ गतेसम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्पोन्सर गर्छौं भनि सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी खेलको हारजीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौँ महानगरपालिका-२ लाजिम्पाटबाट पक्राउ गरेको हो । यस विषयमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ४, बिहीबार १४:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP