काठमाडौँ। आईसीसी टी-ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले अपराजित हुँदै उपाधी हात पारेकाे छ।
आज भएकाे खेलमा नेपालले सामोआलाई १२४ रनकाे जित निकाल्दै उपाधी हात पारेकाे हाे ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २ सय १२ रनको विशाल लक्ष्य दिएको थियाे । निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएपछि सामोआले उक्त लक्ष्य पाएको हो ।
जवाफमा सामोआले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्याे । यसअघि प्रतियोगिताको दुई खेल अगावै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत जितसहित च्याम्पियन बनेको हो ।
प्रतिक्रिया