• २०८३ जेष्ठ १५ | Fri, 29 May 2026

दोरम्बा शैलुङको सञ्जीवनी माविका ७० विद्यार्थीलाई झोला वितरण

दोरम्बा शैलुङको सञ्जीवनी माविका ७० विद्यार्थीलाई झोला वितरण

रामेछाप। रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. १ स्थित सञ्जीवनी माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ७० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको छ।

कान्छीमाया तामाङ फाउण्डेशनको समन्वयमा शुक्रबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो। झोला पाएपछि विद्यार्थीहरू उत्साहित र खुसी देखिएका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिलकुमार घिसिङले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरले आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा पत्रकार ज्ञानमणि नेपाल कालोटोपी, डा. विवेक चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार लामा लगायतले मन्तव्य राख्दै सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. १ का वडाध्यक्ष प्रेमकुमार लामा ले फाउण्डेशन र विद्यालयबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सहयोगका लागि संस्थालाई धन्यवाद दिनुभयो।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १५, शुक्रबार १५:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP