• २०८३ भाद्र २८ | Sun, 13 Sep 2026

९९ औँ अस्कर अवार्डका लागि नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट

९९ औँ अस्कर अवार्डका लागि नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडाैँ । अविनाश विक्रम शाहको निर्देशनमा बनेको ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा सन् २०२७ मा घोषणा गरिने ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि छनोट भएको छ । छनोट समितिका अनुसार यसको प्रतिस्पर्धी बन्नका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) मा दुई नेपाली कथानक चलचित्रहरू ‘तिनीहरू– एलिफेन्ट्स इन द फग’ र “गौँथली” प्राप्त भएका थिए ।

प्राप्त दुवै चलचित्रहरूको मूल्याङ्कन गरी एकेडेमीका मापदण्ड अनुरूप उच्चस्तरीय एवम् उत्कृष्ट एक चलचित्र सिफारिस गर्नुपर्ने भएकाले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन पश्चात् उक्त अवार्डमा नेपालका तर्फबाट प्रतियोगीका रूपमा चलचित्र “तिनीहरू–एलिफेन्ट्स इन द फग”लाई छनोट गरिएको हाे ।

कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको यो फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल, माओत्से गुरूङलगायत कलाकारहरूको अभिनय छ ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अध्यक्ष लक्ष्मीनाथ शर्माले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो । कान्समा ऐतिहासिक जुरी अवार्ड हासिल गरेपछि अहिले यो फिल्म नेपालमा दोस्रो सत्तामा प्रदर्शनरत छ । यसकाे निर्मातामा काभ्रेकाे मण्डनदेउपुरका अनुप पाैडेललगायतकाे टिम रहेकाे छ ।

र याे पनि

काभ्रेको माटोदेखि कान्सको रातो कार्पेटसम्म : अनुप पौडेलको सिनेमा यात्रा



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २८, आईतवार १४:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP