• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

साफ यू–१७ च्याम्पियनसिपः नेपाल सेमिफाइनलबाटै बाहिरियाे

साफ यू–१७ च्याम्पियनसिपः नेपाल सेमिफाइनलबाटै बाहिरियाे

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। श्रीलङ्काको कोलम्बोस्थित रेडकोर्स इन्टरनेसनल स्टेडियममा बिहीबार भएको सेमिफाइनलमा भारतसँग ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको हो ।

खेलकाे पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा भारतका गन्लिबा वाङ्खेरिक्पाम, अज्लान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गर्दै जित सुनिश्चित गरे।

नेपालले पहिलो हाफमा प्रशान्त मोक्तानको फ्रीकिक र प्रतिस थापाको प्रयासमा अग्रता बनाउने प्रयास गरे पनि सफल हुन सकेन ।

यसअघि नेपालले समूह चरणमा श्रीलङ्कालाई २–० ले हराएको र बंगलादेशसँग ४–० ले पराजित भएको थियो । फाइनलमा भारत र बंगलादेश आमनेसामने हुनेछन्।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १०, शुक्रबार ००:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP