• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मण्डनदेउपुर वडा नं. २ मा सञ्चालन गरिएको ७ दिने अचार बनाउने तालिम सम्पन्न

मण्डनदेउपुर वडा नं. २ मा सञ्चालन गरिएको ७ दिने अचार बनाउने तालिम सम्पन्न

मण्डनदेउपुर । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. २ मा सञ्चालन गरिएको ७ दिने प्रयोगात्मक अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ नगरपालिकाले तालिम सम्पन्न गरेकाे हाे ।

तालिममा वडाका १८ जना महिलाको उत्साहजनक सहभागिता रहेको थियो । यस तालिमबाट प्राप्त सीप र ज्ञानलाई व्यवहारमा उतार्दै सहभागी दिदीबहिनीहरूले गुणस्तरीय उत्पादन वृद्धि गरी स्वरोजगार बन्नुका साथै व्यवसायिक उद्यमीको रूपमा स्थापित हुनुहुनेछ भन्ने विश्वासका साथ तालिम प्रदान गरिएकाे हाे ।

बुधबार आयोजित समापन कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरू, होटल तथा निर्माण व्यवसायीहरू, कर्मचारी साथीहरू तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्षरूपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति उहाँले आभार व्यक्त गर्नुभएकाे छ ।

यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिने जानकारी दिँदै उपप्रमुख नेपालले कार्यक्रमको समापन गर्नुभएको थियो ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार ३, बुधबार २१:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP