• २०८३ भाद्र २१ | Sun, 06 Sep 2026

नारी चेतना सहकारीको १७औँ साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित

नारी चेतना सहकारीको १७औँ साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित

बनेपा । नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–७ को १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भदौ १८, १९ र २० गते गरी तीन दिन सञ्चालन भएको साधारणसभा संस्थाको कार्यालय हल, कुवेर कम्प्लेक्स, बनेपामा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दिलकुमारी तामाङको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका सल्लाहकार, सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, कर्मचारी तथा शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । आवश्यक गणपूरक सङ्ख्या पुगेपछि सभा औपचारिक रूपमा सञ्चालन गरिएको थियो ।

साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदन तथा प्रस्तावहरूमाथि शेयर सदस्यहरूले विभिन्न जिज्ञासा, सुझाव तथा धारणा राखेका थिए । सदस्यहरूले उठाएका विषयमा सञ्चालक समिति तथा व्यवस्थापन पक्षबाट आवश्यक स्पष्ट पारिएपछि सभाबाट प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको संस्थाले जनाएको छ ।

सहकारीले हरेक वर्ष आयोजना गर्दै आएको सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको थियो। कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थी, ज्येष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट/असल ऋणीलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रमले सदस्यहरूमा थप उत्साह र प्रेरणा प्रदान गरेको संस्थाको भनाइ छ । साधारणसभा सम्पन्न भएपछि निर्वाचन उपसमितिले नयाँ सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।

निर्विरोध निर्वाचित सञ्चालक समिति
अध्यक्ष : दिलकुमारी तामाङ
उपाध्यक्ष : मछिन्द्र राउत
सचिव : चुना बास्तोला
कोषाध्यक्ष : सुशीलापुरी गिरी
सदस्य : रिता के.सी.
सदस्य : कमला लामा
सदस्य : यशोदा शर्मा
सदस्य : निर्मला लामिछाने
सदस्य : मेनुका अधिकारी
लेखा तथा सुपरिवेक्षण समिति
लेखा संयोजक : अनिता कुइकेल
सदस्य : सविना श्रेष्ठ
सदस्य : मीना लामा

निर्विरोध निर्वाचित नयाँ सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिका सम्पूर्ण पदाधिकारीलाई संस्थाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संस्थाको विकास, समृद्धि, पारदर्शिता तथा शेयर सदस्यहरूको हितलाई केन्द्रमा राख्दै नवनिर्वाचित समितिको नेतृत्व सफल र प्रभावकारी हुने विश्वाससमेत संस्थाले व्यक्त गरेको छ । साधारणसभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवारले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २१, आईतवार ०६:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP