• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज ५ हजार ६०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज ५ हजार ६०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज प्रतिताेला ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १० हजार ३०० कायम भएको छ ।

गत हप्ता आइतबार प्रतिताेला २ हजार ३०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार रुपैँयाँले मूल्य घटेकाे थियाे । मंगलबार प्रतिताेला नाै सय रुपैँयाँले मूल्य घट्याे भने बुधबार एक हजार पाँच सय रुपैँयाँले मूल्य घटेकाे थियाे । बिहीबार चार हजार तीन सय रुपैँयाँले मूल्य बढेकाे थियाे । शुक्रबार स्थिर थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ। ३७५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ४२५ कायम भएको महासंघले जनाएकाे छ ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १०, आईतवार ०५:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP