• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेप्से ३.२१ अंकले बढ्याे, कति भयाे काराेबार ?

नेप्से ३.२१ अंकले बढ्याे, कति भयाे काराेबार ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार सामान्य अंकले बढेको छ। नेप्से ३.२१ अंकले बढेको हो ।

यससँगै आज ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैंयाँ बराबरको शेयर कारोबार भएकाे छ । बढेसँगै नेप्से २ हजार ५६५.१६ बिन्दुमा पुगेको छ । आज १०२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने १४२ वटा कम्पनीको मूल्य बढेकाे छ। १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा साइन रेसुंगाको डिबेन्चर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे । नेपाल एसबीआई डिबेन्चर २०८३ बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए।

आज बैंकिङ, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूह हरियाली बने भने अन्य समूहको उपसूचक नकारात्मक रहेकाे नेप्सेले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २५, मंगलवार १४:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP