काठमाडौँ । नेपाली बजारमा आइतबार ४ हजार ८०० रुपैंयाँले घटेको सुनको मूल्य आज फेरि बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा प्रतिताेला २ लाख ५८ हजारमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर २ लाख ५३ हजार २०० रुपैंयाँ कायम भएकोमा आज तीन सयले बढेकाे छ।
अब प्रतिताेला २ लाख ५३ हजार ५०० रुपैंयाँ कायम भएकाे महासंघले जनाएकाे छ। यस्तै चाँदीको मूल्य साेमबार भने ५ रुपैंयाँ बढेर तोलामा ३ हजार २८० रुपैंयाँ कायम भएको छ।
दशैं बिदापछि सुनकाे भाउ कहिले कति ?
गत असाेज १९ गते आइतबारदेखि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य गत शुक्रबार घटेकाे थियाे । शनिबार पुनः बढेकाे भए पनि आइतबार स्थिर रहेकाे थियाे। साेमबारदेखि बढेकाे सुनकाे मूल्य मंगलबार एकै दिन ८ हजार १०० ले बढ्याे। बुधबार चार सयले बढेकाे सुन बिहीबार दुई हजारले बढेकाे थियाे ।
नेपाली बजारमा सुनकाे मूल्य असाेज १९ गते एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । असाेज २० गते साेमबार २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन २१ गते २ हजार ३०० ले बढ्याे । २२ गते २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर शुक्रबार भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन गत शनिबार पुनः तीन हजारले बढेकाे थियाे ।
यसअघि असाेज १९ गते आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । असाेज २१ गते २ लाख ३५ हजार चार सय कायम थियाे भने २२ गते २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन २४ गते भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे ।
२५ गते शनिबार बढेर २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे। असाेज २६ गते आइतबार स्थिर भएकाे सुनकाे भाउ २७ गते पुनः बढ्याे भने २८ गते पनि बढ्दै प्रतिताेला २ लाख ४८ हजार ५०० पुगेकाे थियाे। २९ गते २ लाख २४ हजार ९ सय र ३० गते पनि बढेर उच्च बिन्दुमा पुगेकाे थियाे । यस दिन २ लाख ५० हजार ९ सय कायम भयाे । असाेज ३१ गते २ लाख ५८ हजार पुगेकाे सुनकाे मूल्य कात्तिक २ गते भने घटेर २ लाख ५३ हजार २०० कायम भएकाे थियाे । ३ गते ३०० ले बढेर २ लाख ५३ हजार ५०० कायम भएकाे छ।
प्रतिक्रिया