• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर यस्ताे छ

बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर यस्ताे छ

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकीको विनिमयदर स्थिर छ। अस्ट्रेलियन डलरको विनिमयदर घट्दा युरो, पाउन्ड र कुबेती दिनारको भने बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ।

गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा छ। पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा छ। कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रुपैयाँ १९ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६४ पैसा छ। यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ७, बिहीबार ०१:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP