• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज २ हजार ९०० ले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज २ हजार ९०० ले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनकाे मूल्य बिहीबार फेरि घटेकाे छ । आज प्रतिताेला २ हजार ९०० रुपैँयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८५ हजार ६०० कायम भएको छ ।

याे हप्ता आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे भने साेमबार प्रतिताेला ६ हजार ५०० रुपैँयाँले मूल्य घट्याे । मंगलबार पनि १ हजार ६०० रुपैँयाँले मूल्य घटेकाे थियाे । बुधबार १४ हजार ६०० रुपैँयाँले मूल्य बढ्याे ।

गत हप्ता आइतबार ४ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे थियाे । साेमबार १०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने मंगलबार ४०० रुपैँयाँले मूल्य बढ्याे । यस्तै बुधबार प्रतिताेला २ हजार २०० रुपैँयाँले मूल्य घटेकाे थियाे । बिहीबार ५ हजार ४०० रुपैँयाँले मूल्य घट्याे भने शुक्रबार ७ हजार ८०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आज १०० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ८२० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १२, बिहीबार ०८:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP