• २०८३ असार ३१ | Wed, 15 Jul 2026

पाँच महिनामा वीरगञ्ज भन्सारबाट ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

पाँच महिनामा वीरगञ्ज भन्सारबाट ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

पर्सा । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज भन्सार कार्यालयले ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ।

कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १२ अर्ब एक करोड अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले गत आवको पाँच महिनामा भने ८४ अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज भन्सार कार्यालयले मङ्सिर महिनामा २१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।

चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको छ । साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा भने २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ३, बिहीबार ११:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP