• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कति छ आज अमेरिकी डलरकाे भाउ ?, हेराैं विदेशी मुद्राको विनिमय दर

कति छ आज अमेरिकी डलरकाे भाउ ?, हेराैं विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६० पैसा र बिक्रीदर १४२ रुपियाँ २० पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ७८ पैसा र बिक्रीदर ९३ रुपियाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०३ पैसा र बिक्रीदर १०१ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०७ पैसा र बिक्रीदर १०९ रुपियाँ ५३ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७९ पैसा र बिक्रीदर १६४ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८८ रुपियाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ६८ पैसा र बिक्रीदर १७६ रुपियाँ ४३ पैसा कायम गरिएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३३ पैसा र बिक्रीदर चार रुपियाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५५ पैसा र बिक्रीदर ३८ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५१ पैसा र बिक्रीदर ३३ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८६ पैसा र बिक्रीदर १४ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८८ पैसा र बिक्रीदर १९ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८५ पैसा र बिक्रीदर ३९ रुपियाँ ०१ पैसा कायम भएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ १६ पैसा र बिक्रीदर ४६३ रुपियाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपियाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ७७ पैसा र बिक्रीदर ३६९ रुपियाँ ३३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २५, शनिबार ०१:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP