• २०८३ असार ३१ | Wed, 15 Jul 2026

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउने लगायतका समसामयिक विषयमा वृहत छलफल भएको थियो ।

साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवम् शान्तिपूर्णरूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवम् सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरी कार्यसम्पदान गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ७, बुधबार १४:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP