• २०८३ असार ३२ | Thu, 16 Jul 2026

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसले गर्दा बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ ।

राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २१, बुधबार ०१:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP