• २०८३ असार ३१ | Wed, 15 Jul 2026

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने एक जना पक्राउ

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँ कीर्तिपुर नगरपालिका-११ बस्ने सुनसरी इनरूवा नगरपालिका-१ घर भएका ३८ वर्षीय विशाल कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे।

विशालले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका-११ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १४, सोमबार ११:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP