• २०८३ असार ३१ | Wed, 15 Jul 2026

देशभर निषेधाज्ञा तथा कर्फ्यू जारी, सहयाेगका लागि नेपाली सेनाको अपिल (विज्ञप्तिसहित)

देशभर निषेधाज्ञा तथा कर्फ्यू जारी, सहयाेगका लागि नेपाली सेनाको अपिल (विज्ञप्तिसहित)

काठमाडौँ । नेपाली सेनाले देशकाे विद्यमान विषम परिस्थिती र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरिएको जनाएकाे छ।

आज एक विज्ञप्ति जारी गर्दै सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल पनि गरेको छ।

सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ । त्यस्तै भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ। परिस्थितीको विश्लेषण गरेर थप जानकारी गराइने सेनाले जनाएको छ।

निषेधाज्ञा र कर्फ्यूका बेला एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउनेछन्। आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ।

आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरेको र गर्ने सम्भावना रहेकाले यो कदम चालिएको सेनाले स्पष्ट पारेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २५, बुधबार ०४:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP