• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आगामी तीन दिनमा पानी पर्ला कि घाम लाग्ला ?, यस्ताे छ माैसम पूर्वानुमान

आगामी तीन दिनमा पानी पर्ला कि घाम लाग्ला ?, यस्ताे छ माैसम पूर्वानुमान

काठमाडौँ । जल तथा माैसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनकाे माैसमी पूर्वानुमान सार्वजनिक गरेकाे छ।

२०८२ कार्तिक १९ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

२०८२ कार्तिक २० गते (बिहीबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

रातिः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८२ कार्तिक २१ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

रातिः देशभर मौसम मुख्यतया सफा रहने छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १९, बुधबार ०२:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP