• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

बनेपा–धुलिखेल सडकखण्डमा अव्यवस्थित तार हटाउन बनेपा नगरपालिकाको निर्देशन

बनेपा–धुलिखेल सडकखण्डमा अव्यवस्थित तार हटाउन बनेपा नगरपालिकाको निर्देशन

बनेपा । बनेपा नगरपालिकाले सडकको दायाँ–बायाँ क्षेत्रमा अव्यवस्थितरूपमा रहेका टेलिफोन तथा इन्टरनेट सेवाका तारहरू हटाउन तथा व्यवस्थित गर्न सम्बन्धित सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।

नगरपालिकाले साेमबार सूचना जारी गर्दै अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा–बनेपा–धुलिखेल सडकखण्ड विस्तार तथा स्तरोन्नतिको कार्य भइरहेको जानकारी दिएको छ । सो आयोजना अन्तर्गत सडक क्षेत्रभित्र रहेका पुराना पोलहरू हटाउने तथा स्थानान्तरण गर्ने क्रममा पोलमा रहेका टेलिफोन, इन्टरनेटलगायत अन्य नेटवर्कका तारहरू व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको नगरपालिकाले जनाएको छ ।

सूचनामा सम्बन्धित निकायहरूले पोल हटाउने क्रममा पुराना तारहरू काटेर त्यत्तिकै छाड्ने गरेको उल्लेख गर्दै यसले सडकमा आवतजावत गर्ने सर्वसाधारणलाई अवरोध पुग्नुका साथै नगर क्षेत्रको सौन्दर्यसमेत बिगारेको बताइएको छ ।

नगरपालिकाले बनेपा नगरपालिका क्षेत्रभित्र सेवा सञ्चालन गरिरहेका सबै इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक संस्थाहरूलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अव्यवस्थित तथा प्रयोगविहीन तारहरू हटाई व्यवस्थित गर्न आग्रह गरेको हाे । नगरपालिकाका प्रशासकीय अधिकृत उज्ज्वल खतिवडाद्वारा हस्ताक्षरित सूचनामा नगर क्षेत्रलाई सुरक्षित, सफा र व्यवस्थित बनाउन सम्बन्धित सेवा प्रदायक संस्थाहरूको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेका बेला तार व्यवस्थापनमा लापरवाही भएमा सर्वसाधारणलाई सास्ती हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले नगरपालिकाले समयमै आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई सचेत गराएको छ ।

तस्बीरः बिनाेद न्याैपाने



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १८, सोमबार २१:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP