• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

महाभारतकाे थोकरडाँडामा अदुवा बोकेको गाडी दुर्घटना

महाभारतकाे थोकरडाँडामा अदुवा बोकेको गाडी दुर्घटना

महाभारत । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नं. ७ आहालेबासपुरबाट अदुवा लोड गरी बनेपातर्फ आउँदै गरेको बा. ५ ख. ६०९२ नम्बरको सरोज माता  गाडी दुर्घटनामा परेको छ ।

शनिबार बेलुका करिब ७ बजे महाभारत–७ ठूलोबाँस्पुरस्थित थोकरडाँडामा उक्त गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक ठैलेन्द्र लामिछाने र गाडीमा सवार सागर लुङेली सकुशल रहेको जानकारी वडा नं. ६ का अध्यक्ष रमेश लुङेलीले दिनुभएको छ।

दुर्घटनाबाट मानवीय क्षति नभएको जनाइएको छ । दुर्घटनाको कारण र गाडीमा भएको क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ७, आईतवार ०५:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP