• २०८३ असार ३१ | Wed, 15 Jul 2026

स्थानीय सरकारको एकीकृत मूल्यांकनमा मेलम्ची नगरपालिका देशकै उत्कृष्ट दशमा

स्थानीय सरकारको एकीकृत मूल्यांकनमा मेलम्ची नगरपालिका देशकै उत्कृष्ट दशमा

सिन्धुपाल्चोक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले नेपालका स्थानीय सरकारहरूको संस्थागत क्षमता र वित्तीय सुशासनको एकीकृत मूल्यांकन गरेको छ ।

धादिङको नीलकण्ठ नगरपालिकाले ९४.४० अंक प्राप्त गरी देशभर उत्कृष्ट स्थान हासिल गर्दा मधेश प्रदेशको सोनमा गाउँपालिका १३.५५ अंकसहित सबैभन्दा कमजोर देखिएको छ । ९०.७३ अंकसहित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका देशभरको उत्कृष्ट दश पालिकाभित्र पर्न सफल भएको छ ।

कुल १०० अंकको भारमा लिइएको यस परीक्षामा संस्थागत क्षमतालाई ७० प्रतिशत र वित्तीय सुशासनलाई ३० प्रतिशतको महत्व दिएर नतिजा निकालिएको छ ।

प्रतिवेदनले स्थानीय तहहरू समन्वय, वित्तीय व्यवस्थापन, र न्यायिक कार्यसम्पादनमा कमजोर रहेको औंल्याउँदै कार्य सम्पादनका आधारमा अनुदान र सहयोग दिनुपर्ने निष्कर्ष निकालेको छ ।

राज्यको स्रोत–साधनमा आम नागरिकको पहुँच स्थापित गर्ने संवैधानिक परिकल्पनाका साथ देशमा ७५३ वटा स्थानीय सरकारहरू क्रियाशील छन् । तर विगत सात वर्षमा स्थानीय सरकारहरू संस्थागतरूपमा कति बलिया भए र तिनले वित्तीय सुशासनको कस्तो मानक स्थापित गरे भन्ने विषयमा पहिलो पटक एकीकृत मूल्याङ्कन प्रतिवेदन आएको छ । आर्थिक वर्ष २०८०/०८१ को एकीकृत प्रतिवेदन सार्वजनिक भएको हो ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २५, सोमबार २१:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP