• २०८३ असार ३१ | Wed, 15 Jul 2026

एकै दिन देशभर १४ आगलागीका घटना, सावधानी अपनाउन प्राधिकरणकाे आग्रह

एकै दिन देशभर १४ आगलागीका घटना, सावधानी अपनाउन प्राधिकरणकाे आग्रह

काठमाडौँ। देशभर एकै दिन १४ वटा आगलागीका घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व सावधानी तथा चेतना अभावमा देशव्यापीरूपमा आगलागीका घटनामा बृद्धि भएको जनाएको छ।

प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकै दिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।

प्राधिकरणका अनुसार कात्तिक ६ गते पनि १३ आगलागीका घटना भएका थिए। झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालिकोट र पर्सामा दुई आगलागीका घटना घटेका थिए । यस्तै पाल्पामा तीन आगलागीका घटना घटेका थिए। कात्तिक ५ गते १७ आगलागीका घटना भए ।

प्राधिकरणले उपलब्ध गराएको तीन दिनको विवरणमा अधिकांश विपद्का घटनामा आगलागी पहिलाे देखिएको छ । मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापीरूपमा आगलागीका घटनामा वृद्धि भएको देखिएको छ। आगलागीबाट जोगिनका लागि विशेष सावधानी अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ।

कात्तिक ७ गते देशभर कुल १८ विपद्का घटना घटेका थिए । ती घटनामा ६ जना घाइते भएका छन् । जसबाट ७७ लाख ९१ हजार बराबरको अनुमानित क्षति भएको छ। यस्तै, सर्पदंशका दुई, पहिरो एक र चट्याङ, जनावर आक्रमणका एक एक घटना भएका थिए ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ९, आईतवार ०४:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP