• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कस्ताे रहला आजकाे माैसम ?

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेकाे छ । बाँकी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ।

तराईका केही स्थानहरूमा तुवाँलो रहको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको भइरहेको छ।

आज दिउँसाे तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागसहित बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १८, सोमबार ०१:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP