• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरकाे बेलडाँडी गाउँपालिका-३ बनकुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ४० मिलिग्रामसहित भिमदत्त नगरपालिका-१८ भगतपुर बस्ने २९ वर्षीय अशोक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-३ मैटहवा बस्ने ३८ वर्षीय किस कुमार थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-८ कामने घर भएका २७ वर्षीय अमिर प्रधान र मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरी घर भएकी १९ वर्षीया इन्सुमा गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अमिरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

झापा, कचनकवल गाउँपालिका-४ फर्कागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ आदर्श टोल बस्ने ४० वर्षीय कुमार गन्धर्व र ३० वर्षीय बिशाल गाइने रहेका छन् । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले भारतको कादो गाउँबाट सुकुनाडिगितर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्रामसहित भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २४ वर्षीय सुशिल सपकोटालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीसमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ६, शनिबार ११:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP