• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज अन्तर्राष्ट्रिय परोपकार दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदै

आज अन्तर्राष्ट्रिय परोपकार दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय परोपकार दिवस परोपकारी गतिविधिका साथ मनाइँदैछ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो । असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

पारदर्शी ढङ्गले निर्धनलाई सहयोग, युवा नेतृत्व विकास, विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवं गरिबीका कारण गाँस, बास र कपासको व्यवस्था नभएकाहरुलाई उदार मनले मद्दत गर्न संयुक्त राष्ट्रसङ्घले जोड दिएको छ । तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २०, शुक्रबार ०१:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP