• २०८३ असार ३२ | Thu, 16 Jul 2026

मेलम्ची नगरपालिका स्तरीय अन्तर मावि विज्ञान प्रदर्शनीमा इन्द्रेश्वरी प्रथम

मेलम्ची नगरपालिका स्तरीय अन्तर मावि विज्ञान प्रदर्शनीमा इन्द्रेश्वरी प्रथम

सिन्धुपाल्चोक । इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची ११ ले ५२ औँ वार्षिक उत्सव तथा २६ औं अभिभावक दिवसको अवसरमा मेलम्ची नगरपालिका स्तरीय अन्तर मावि विज्ञान प्रदर्शनी आयोजना गरेको थियो ।

उक्त प्रदर्शनीमा इन्द्रेश्वरी माविले प्रथम स्थान, तेर्से माविले द्वितीय स्थान, प्रगति अंग्रेजी माविले तृतीय एवं जनता माविले सान्त्वना स्थान प्राप्त गरेका थिए।

विजेताले नगद पुरस्कार क्रमशः प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ७ हजार र सान्त्वनाले ४ हजार नगद प्राप्त गरेका विद्यालयका शिक्षक लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १, शुक्रबार १५:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP