• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जनसुधारकाे ५२औँ स्थापना दिवसमा १०५ विद्यार्थीलाई ट्र्याक सुट वितरण

जनसुधारकाे ५२औँ स्थापना दिवसमा १०५ विद्यार्थीलाई ट्र्याक सुट वितरण

सिन्धुपाल्चोक। किवानिस क्लब नेपालले इन्द्रावती गाउँपालिका–५ स्थित जनसुधार आधारभूत विद्यालयको ५२औँ स्थापना दिवसको अवसर पारेर अध्ययनरत १०५ जना विद्यार्थीलाई विद्यालय पोसाक (ट्र्याक सुट सेट) वितरण गरेको छ।

कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष युवराज न्यौपानेले Kiwanis Club Himal Nepal ले विगत एक दशकदेखि बालबालिका तथा विपन्न विद्यार्थीहरूका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले विशेषगरी सिन्धुपाल्चोक जिल्लामा क्लबले विभिन्न समयमा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रमको संयोजन क्लबका उपाध्यक्ष विमल तिम्सिनाले गरेका थिए । क्लबका अध्यक्ष सागर न्यौपानेले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Kiwanis Club Himal Nepal बालबालिकाको क्षेत्रमा समर्पित अन्तर्राष्ट्रिय, सदस्यतामा आधारित स्वयंसेवी संस्था हो । हाल नेपालमा करिब ८० वटा किवानिज क्लबहरू सक्रिय रहेका छन् भने विश्वभर करिब ६ लाख सदस्य यस संस्थामा आबद्ध छन् । Kiwanis Club Himal Nepal मा हाल २३ जना सक्रिय सदस्यहरू रहेका छन्, जसले सामूहिकरूपमा विभिन्न सेवा तथा सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका छन् ।

कार्यक्रममा इन्द्रावती गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो । वडा अध्यक्ष आचार्यले क्लबको सेवा भावको प्रशंसा गर्दै यस्ता सहयोगले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २, शनिबार १३:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP