• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बुबाकाे हत्या गरेको अभियोगमा छाेरा पक्राउ

बुबाकाे हत्या गरेको अभियोगमा छाेरा पक्राउ

नवलपरासी पूर्व । आफ्नै बुबा ६० वर्षीय रामबहादुर विकको हत्या गरेको अभियोगमा हुप्सेकोट गाउँपालिका-१ जुगेपानी बस्ने ३० वर्षीय सन्तकुमार विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सन्तकुमारले घरायसी विवादको क्रममा कुटपिट गर्दा रामबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका रामबहादुरको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १०, बुधबार १३:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP