• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज प्रतिताेला २ हजार ३०० रुपैँयाँले बढ्याे सुनकाे मूल्यः कतिमा हुँदैछ काराेबार ?

आज प्रतिताेला २ हजार ३०० रुपैँयाँले बढ्याे सुनकाे मूल्यः कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ । आज प्रतिताेला २ हजार ३०० रुपैँयाँले मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ५ हजार ८०० कायम भएको छ।

गत हप्ता आइतबार ९ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार प्रतिताेला ४ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । मंगलबार ९०० रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार १ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार १०० रुपैँयाँ र शुक्रबार ३ हजार रुपैँयाँले मूल्य घट्याे ।

यस्तै आज चाँदीकाे मूल्य भने घटेको छ । १५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ९८५ कायम भएको महासंघले जनाएकाे छ ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ३, आईतवार ०५:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP