• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार स्थिर छ । बिहीबार प्रतिताेला चार हजार तीन सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७०० कायम भएको छ । यो बिहीबारकै मूल्य हो ।

याे हप्ता आइतबार प्रतिताेला २ हजार ३०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार रुपैँयाँले मूल्य घटेकाे थियाे । मंगलबार प्रतिताेला नाै सय रुपैँयाँले मूल्य घट्याे भने बुधबार एक हजार पाँच सय रुपैँयाँले मूल्य घटेकाे थियाे । बिहीबार चार हजार तीन सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।

गत हप्ता आइतबार ९ हजार ५०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार प्रतिताेला ४ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । मंगलबार ९०० रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार १ हजार १०० रुपैँयाँले मूल्य बढ्याे । बिहीबार १०० रुपैँयाँ र शुक्रबार ३ हजार रुपैँयाँले मूल्य घट्याे ।

यस्तै आज चाँदीकाे मूल्य भने घटेको छ। १० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ५० कायम भएको महासंघले जनाएकाे छ ।

माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ८, शुक्रबार ०५:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP