• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज पनि सुनकाे मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

आज पनि सुनकाे मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ। तिहार बिदापछि खुलेको बजारमा आइतबारदेखि सुनको मूल्य घट्न थालेकाे छ। साेही क्रमले आज पनि निरन्तरता पाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सयले घटेको थियाे भने साेमबार दुई हजारले घट्याे । मंगलबार पनि सुन २ हजार ९०० ले घटेकाे छ । यससँगै २ लाख ३७ हजार कायम भएको छ। दशैंपछि सुनको मूल्य ह्वात्तै बढेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार २६५ रुपैयाँ प्रतितोला घटेर ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य साेमबार ३५ रुपैंयाँ घटेर २ हजार ९८० रुपैंयाँ कायम भएकाे थियाे । आज ६० रुपैंयाँ घटेर २ हजार ९२० कायम भएकाे महासंघले जनाएकाे छ ।

दशैं बिदापछि सुनकाे भाउ कहिले कति ?
नेपाली बजारमा सुनकाे मूल्य असाेज १९ गते एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । असाेज २० गते २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन २१ गते २ हजार ३०० ले बढ्याे । २२ गते २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर असाेज २४ गते भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन असाेज २५ गते पुनः तीन हजारले बढेकाे थियाे ।

यसअघि असाेज १९ गते आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । असाेज २१ गते २ लाख ३५ हजार चार सय कायम थियाे भने २२ गते २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन २४ गते भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे ।

२५ गते शनिबार बढेर २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे। असाेज २६ गते आइतबार स्थिर भएकाे सुनकाे भाउ २७ गते पुनः बढ्याे भने २८ गते पनि बढ्दै प्रतिताेला २ लाख ४८ हजार ५०० पुगेकाे थियाे। २९ गते २ लाख २४ हजार ९ सय र ३० गते पनि बढेर उच्च बिन्दुमा पुगेकाे थियाे । यस दिन २ लाख ५० हजार ९ सय कायम भयाे । असाेज ३१ गते २ लाख ५८ हजार पुगेकाे सुनकाे मूल्य कात्तिक २ गते भने घटेर २ लाख ५३ हजार २०० कायम भएकाे थियाे । कात्तिक ३ गते ३०० ले बढेर २ लाख ५३ हजार ५०० कायम भएकाे छ।

यसरी दशैंकाे बिदा शुरु हुँदा असाेज १२ गतेदेखि तिहारकाे बिदा शुरु हुँदा कात्तिक ३ गतेसम्म आइपुग्दा सुन ३० हजार ३०० ले बढेकाे थियाे । त्यसयता सुन २१ हजारले घटिसकेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ११, मंगलवार ०५:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP