• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् ।

टोखा नगरपालिका-९ स्थित गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम १८ मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा धोवनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय अरबिन कुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भएका २९ वर्षीय निरोज पुडासैनी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

स्याङ्जा, वालिङ नगरपालिका-६ मिर्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुलसहित सोही नगरपालिका-८ छेउडाडा बस्ने २३ वर्षीय नरेन्द्र रणपाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय संजय मिजारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ९, शनिबार १२:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP