काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। आज प्रतिताेला १ हजार ३०० रुपैँयाँले मूल्य बढेकाे छ । आइतबार ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार २०० रुपैँयाँले मूल्य बढेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १४ हजार ८०० कायम भएको छ।
गत हप्ता आइतबार प्रतिताेला २ हजार ३०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार रुपैँयाँले मूल्य घटेकाे थियाे । मंगलबार प्रतिताेला नाै सय रुपैँयाँले मूल्य घट्याे भने बुधबार एक हजार पाँच सय रुपैँयाँले मूल्य घटेकाे थियाे । बिहीबार चार हजार तीन सय रुपैँयाँले मूल्य बढेकाे थियाे । शुक्रबार स्थिर थियाे ।
यस्तै आज चाँदीकाे मूल्य भने घटेको छ। १० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ५८५ कायम भएको महासंघले जनाएकाे छ ।
माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया