• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सिन्धुपाल्चोकको बलेफीमा होमस्टेसहितको अर्गानिक दाउरा चुलो सञ्चालन

सिन्धुपाल्चोकको बलेफीमा होमस्टेसहितको अर्गानिक दाउरा चुलो सञ्चालन

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ असी किलोमा अर्गानिक दाउरा चुलो औपचारिक रूपमा सञ्चालनमा आएको छ। अरनिको राजमार्ग नजिकै स्थानीय तथा अर्गानिक स्वादका परिकार खुवाउने उद्देश्यले होमस्टेसहितको ‘फार्म हाउस’ सञ्चालनमा ल्याइएको हो।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरू मिलेर स्थापना गरिएको ‘ग्लोबल एकीकृत कृषि, माछा तथा पशुपन्छी फार्म’ मा उत्पादन भएका कृषि–पशुपन्छीजन्य वस्तु प्रयोग गरी आगन्तुकलाई स्वदेशी खाना खुवाउने उद्देश्यले दाउरा चुलो सञ्चालनमा ल्याइएको बताइएको छ।

गत सोमबार बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, वडा नम्बर ६ का अध्यक्ष तेजबहादुर पराजुली, वडा नम्बर ७ का अध्यक्ष गृविन्द्रकुमार चौलागाईं तथा यूएईका लागि नेपाल सरकारका पर्यटन दूत मनोज नेपाललगायतको उपस्थितिमा चुलोको उद्घाटन गरिएको थियो।

करिब १५ वर्ष कुवेतमा बसेर फर्किएका माधव पौडेल, ४ वर्ष मलेसियामा बसेर फर्किएका राजु कार्की तथा हाल यूएईमा अध्ययनरत सुपेन्द्रराज अर्यालसहितका युवाले फार्म तथा दाउरा चुलोमा लगानी गरेका छन्। फाम र चुलोका लागि हालसम्म करिब एक करोड रुपैयाँभन्दा बढी लगानी भएको उनीहरूले जनाएका छन्। “नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ ठूलो लगानीसहित काम सुरु गरेका हौँ,” सञ्चालक मध्येका माधव पौडेलले बताए।

हाल फाममा बंगुर, बँदेल, कुखुरा, हाँस तथा पोखरीमा माछाको उत्पादन भइरहेको छ। विदेशमा कमाएको रकम स्वदेशमै लगानी गरेका युवाहरूको पहलले स्थानीय क्षेत्रमा सकारात्मक सन्देश र प्रशंसा पाएको छ। लगानीअनुसार उत्पादन सुरु भइसकेको र आगामी दिनमा फाम तथा चुलोलाई थप विस्तार गर्ने लक्ष्य रहेको सञ्चालक पौडेलको भनाइ छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ५, शुक्रबार ०७:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP