• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बुडोल सामुदायिकमा ऊर्जाशील शिल्प र व्यावसायिकता विकास तालिम सम्पन्न

बुडोल सामुदायिकमा ऊर्जाशील शिल्प र व्यावसायिकता विकास तालिम सम्पन्न

बनेपा । काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरूको सीप, कार्यदक्षता तथा व्यावसायिकता विकास गर्ने उद्देश्यले आयोजना गरेको ‘ऊर्जाशील शिल्प र व्यावसायिकता विकास तालिम’ शनिबार सम्पन्न भएको छ ।

संस्थामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले शनिबार (२०८३ साउन २३ गते) आयोजित तालिममा ४१ जना कर्मचारीको सहभागिता रहेको थियो । ‘Fueling Skills and Professional Growth’ विषयमा सञ्चालन गरिएको तालिमको सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

तालिमका क्रममा सहजकर्ता वाग्लेले ट्रान्जेक्सनल एनालाइसिस (Transactional Analysis) सम्बन्धी मनोवैज्ञानिक सिद्धान्त, जीवन मार्गचित्र विश्लेषण, सीप तथा कौशलका प्रकार, कार्यदक्षता र व्यावसायिकता, जानकारीको क्षेत्र तथा त्यसको प्रभावलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सहभागी कर्मचारीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक रूपमा सिकाइ उपलब्ध गराउने उद्देश्यले विभिन्न सामूहिक कार्य तथा अन्तरक्रियात्मक अभ्याससमेत सञ्चालन गरिएको थियो । तालिमले कर्मचारीहरूमा आफ्नो कार्यक्षमता पहिचान गर्न, व्यावसायिक व्यवहार विकास गर्न तथा संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कैलाश के.सी.ले कर्मचारीहरूको क्षमता विकास संस्थाको समग्र प्रगतिसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो । उहाँले बदलिँदो समयअनुसार कर्मचारीहरूलाई आवश्यक ज्ञान, सीप र व्यावसायिक दक्षतासँग जोड्न यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाले कर्मचारीहरूको क्षमता विकास, व्यावसायिक दक्षता अभिवृद्धि र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २३, शनिबार १९:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP