काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ५८.३६ अंकले बढेको छ। आइतबार १११.७० अंकले बढेको नेप्से मंगलबार पनि दोहोरो अंकले बढेर २ हजार ६८२.२५ अंकमा पुगेको हो ।
मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा २३८ वटा कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया