• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनकाे मूल्यमा आज पनि बृद्धि, हालसम्मकै नयाँ रेकर्ड कायम: कतिमा हुँदैछ काराेबार ?

सुनकाे मूल्यमा आज पनि बृद्धि, हालसम्मकै नयाँ रेकर्ड कायम: कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ। दशैं बिदापछि आइतबारदेखि उकालाे लागेकाे सुनकाे मूल्य आज पनि बढेकाे छ।

नेपाली बजारमा सुनकाे मूल्य आइतबार एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । साेमबार २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन मंगलबार पनि २ हजार ३०० ले बढ्याे । बुधबार २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे ।

आज पनि एक हजार दुई सयले बढेकाे छ। याे उच्च बृद्धिसँगै सुनकाे भाउले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे छ।

यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । मंगलबार २ लाख ३५ हजार चार सय कायम थियाे भने बुधबार २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे ।

यस्तै चाँदीको मूल्य पनि आज ह्वात्तै बढेकाे छ। आज तोलामा ७० रुपैयाँले बढेर चाँदी ३ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीकाे मूल्य पनि आजसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २३, बिहीबार ०५:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP