• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

प्रहरीद्वारा पुसमा दुई हजार २९६ जना फरार प्रतिवादी पक्राउ, १८ करोड ९० लाख जरिवाना असुल

प्रहरीद्वारा पुसमा दुई हजार २९६ जना फरार प्रतिवादी पक्राउ, १८ करोड ९० लाख जरिवाना असुल

  • ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न भागबाट गत पुस महिनामा मात्रै दुई हजार २९६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले दिएको तथ्यांक अनुसार सात वटै प्रदेशमा गरि सो संख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन् ।

जसमा सबैभन्दा बढी मधेश प्रदेशबाट पक्राउ परेका छन् । यहाँ ४५३ जना प्रतिवादी पक्राउ परेका हुन् । उनीहरुबाट ३६ लाख २० हजार २०६ रुपैंयाँ जरिवाना असुल गरिएको छ । यस्तै कोशी प्रदेशमा ३९६ जना पक्राउ परेका छन् । यहाँ १ करोड ९ लाख ५८ हजार १६८ रुपैंयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

वागमती प्रदेशका १० जिल्लामा ३८६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरुबाट २ करोड १२ लाख ६५ हजार ३२५ रुपैंयाँ जरिवाना असुल गरिएको छ भने वागमतीकै काठमाडौं उपत्यकाका तीन जिल्लाहरुबाट २६९ जना पक्राउ पर्दा ३ करोड ५१ लाख २८ हजार ६०७ रुपैंयाँ असुल गरिएको छ । उता गण्डकी प्रदेशमा प्रतिवादी पक्राउ पर्नेको संख्या १४४ जना छ । यहाँ चार करोड ६३ लाख ९८ हजार ३०६ रुपैंयाँ जरिवाना असुल गरिएको तथ्यांकमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा २५७ जना पक्राउ परेका छन् । उनीहरुबाट एक करोड ६२ लाख चार हजार ४४८ रुपैंयाँ जरिवाना असुल गरिएको छ । कर्णालीमा सबैभन्दा कम अर्थात ४४ जना प्रतिवादी पक्राउ पर्दा ५४ लाख ९१ हजार ३३३ रुपैंयाँ जरिवाना असुल गरिएको छ । सुदूरपश्चिममा भने ३४४ जना प्रतिवादी पक्राउ पर्दा १ करोड ५३ लाख ५६ हजार ४७३ जरिवाना असुल गरिएको प्रहरीको तथ्यांक छ ।

उल्लेखित फरार प्रतिवादीबाट समग्रमा १८ करोड ९० लाख २२ हजार ८६६ रुपैंयाँ जरिवाना असुल गरिएको छ । ती प्रतिवादीहरुलाई कैद भुक्तानका लागि ९१४ वर्ष ५ महिना ४ दिनको समय तोकिएको पनि प्रहरीले दिएको तथ्यांकमा उल्लेख छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १५, बिहीबार ०२:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP