• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बुधबार नेप्से परिसूचक ९.६१ अंकले बढ्याे, कति भयाे काराेबार ?

बुधबार नेप्से परिसूचक ९.६१ अंकले बढ्याे, कति भयाे काराेबार ?

काठमाडौँ । नेप्से परिसूचक बुधबार पनि बढेको छ। आज नेप्से ९.६१ अंकले बढेकाे हाे । यससँगै परिसूचक २ हजार ६६५.६० विन्दुमा पुगेको छ । मंगलबार नेप्से ५.३२ अंकले बढेको थियो ।

बुधबार सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ। कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता शेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

कारोबारमा आएका ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीज रहेका छन् ।

त्यस्तै, रिभर फल्स पावरको मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ । यता बोटलर्स नेपालको मूल्य भने ३.९४ प्रतिशत घटेको छ। १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १०, बुधबार १०:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP