• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ । आज प्रतितोला २०० रूपैंयाँले मूल्य घटेको हो ।

आइतबार सुनकाे मूल्य ह्वात्तै बढेको थियाे । त्यस दिन प्रतितोला २० हजार ५०० रूपैंयाँले मूल्य बढेको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १० हजार ९०० कायम भएको छ ।

यता आज चाँदीकाे मूल्य भने बढेको छ । १० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार ३५५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १८, सोमबार १३:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP