• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

प्रहरीद्वारा असोज महिनामा २३ कराेड ४३ लाख ८३ हजार राजस्व दाखिला

प्रहरीद्वारा असोज महिनामा २३ कराेड ४३ लाख ८३ हजार राजस्व दाखिला

काठमाडाैँ । नेपाल प्रहरीले गत असोज महिनामा २३ कराेड ४३ लाख ८३ हजार ३४० रुपैंयाँ राजस्व दाखिला गरेकाे छ।

विभिन्न शिर्षकमा भएका कारबाही तथा जरिवानाबापत उठेकाे रकम सरकारकाे खातामा जम्मा गरिएकाे प्रहरीले जनाएकाे छ। जसमा अदालती फैसला कार्यान्वयनबाट २ कराेड ८० लाख ४० हजार ३६६ जम्मा गरिएकाे छ । याे कूल राजस्वकाे ११.९६ प्रतिशत हाे ।

यस्तै ट्राफिक कारबाहीबाट १३.३८ प्रतिशत अर्थात् ३ कराेड १३ लाख ७३ हजार ५०९ जम्मा भएकाे छ । अवैध सुन बरामदबाट १ कराेड ५८ लाख ७० हजार ८४५ अर्थात् ६.७७ प्रतिशत, अवैध मालसामान बरामदबाट १५ कराेड २४ लाख २९ हजार २१४ अर्थत् ६५.०४ प्रतिशत जम्मा गरिएकाे छ ।

यसैगरि स्राेत नखुलेकाे रकम १९ लाख ६४ हजार (०.८४), अवैध नदीजन्य पद्धार्थ उत्खननबाट ७ लाख ६३ हजार २८६ अर्थात् ०.३३ प्रतिशत, अवैध काठ बरामदबाट ७ लाख ६५ हजार अर्थात् ०.३२ प्रतिशत, अवैध पशुपन्छीबाट २८ लाख २४ हजार ३२० अर्थात् १.२ प्रतिशत, अवैध मुद्रा बरामदबाट १ लाख ६ हजार ४९६ अर्थात् ०.०५ प्रतिशत र अवैध चाँदी बरामदबाट २ लाख ४६ हजार ३०४ अर्थात् ०.११ प्रतिशत राजस्व दाखिला गरिएकाे प्रहरीले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १५, शनिबार ०४:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP