• २०८३ असार ३० | Tue, 14 Jul 2026

सुनको मूल्यमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज प्रतितोला ६०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८८ हजार कायम भएको छ ।

गत हप्ता आइतबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे । मंगलबार सुनको मूल्य १ हजार ४०० रूपैंयाँले घटेको थियाे भने बुधबार ९०० रूपैंयाँले मूल्य घटेको थियाे ।

यस्तै बिहीबार २ हजार ४०० रूपैंयाँले मूल्य घट्याे भने शुक्रबार २ हजार ७०० रूपैंयाँले मूल्य बढेको थियाे ।

यता आज चाँदीकाे मूल्य भने घटेकाे छ । ३५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ४७५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार २८, आईतवार ११:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP