• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रहरीद्वारा कात्तिकमा २४ करोड ८५ लाख १४ हजार ५६४ राजस्व दाखिला (कुन शिर्षकमा कति ?)

प्रहरीद्वारा कात्तिकमा २४ करोड ८५ लाख १४ हजार ५६४ राजस्व दाखिला (कुन शिर्षकमा कति ?)

काठमाडौँ । नेपाल प्रहरीले गत कात्तिक महिनामा २४ करोड ८५ लाख १४ हजार ५६४ रुपैंयाँ राजस्व दाखिला गरेको छ ।

विभिन्न शिर्षकमा भएका कारबाही तथा जरिवानाबापत उठेको रकम सरकारको खातामा जम्मा गरिएको प्रहरीले जनाएको छ । जसमा अदालती फैसला कार्यान्वयनबाट ६ करोड ९६ लाख ७१ हजार ४४२ जम्मा गरिएको छ । यो कूल राजस्वको २८.०४ प्रतिशत हो ।

यस्तै ट्राफिक कारबाहीबाट २०.०२ प्रतिशत अर्थात् ४ करोड ९७ लाख ४५ हजार ६६१ जम्मा भएको छ । अवैध सुन बरामदबाट ३४ लाख ९७ हजार ९१९ अर्थात् १.४१ प्रतिशत, अवैध मालसामान बरामदबाट १० करोड ८४ लाख ७ हजार ६२५ अर्थात् ४३.६२ प्रतिशत जम्मा गरिएको छ ।

यसैगरि स्रोत नखुलेको रकम १ करोड ३५ लाख ८४ हजार ३५० (५.४७), अवैध नदीजन्य पद्धार्थ उत्खननबाट ११ लाख ४० हजार ८३० अर्थात् ०.४६ प्रतिशत, अवैध काठ बरामदबाट १ लाख ३ हजार ३८७ अर्थात् ०.४० प्रतिशत, अवैध पशुपन्छीबाट १३ लाख ५५ हजार ९५० अर्थात् ०.५५ प्रतिशत, अवैध मुद्रा बरामदबाट १ लाख ७ हजार ४०० अर्थात् ०.०४ प्रतिशत राजस्व दाखिला गरिएको प्रहरीले जनाएको छ ।

असोजमा २३ करोड ४३ लाख ८३ हजार राजस्व दाखिला
नेपाल प्रहरीले गत असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४० रुपैंयाँ राजस्व दाखिला गरेको थियो । विभिन्न शिर्षकमा भएका कारबाही तथा जरिवानाबापत उठेको रकम सरकारको खातामा जम्मा गरिएको प्रहरीले जनाएको छ । जसमा अदालती फैसला कार्यान्वयनबाट २ करोड ८० लाख ४० हजार ३६६ जम्मा गरिएको छ । यो कूल राजस्वको ११.९६ प्रतिशत हो ।

यस्तै ट्राफिक कारबाहीबाट १३.३८ प्रतिशत अर्थात् ३ करोड १३ लाख ७३ हजार ५०९ जम्मा भएको छ । अवैध सुन बरामदबाट १ करोड ५८ लाख ७० हजार ८४५ अर्थात् ६.७७ प्रतिशत, अवैध मालसामान बरामदबाट १५ करोड २४ लाख २९ हजार २१४ अर्थात् ६५.०४ प्रतिशत जम्मा गरिएको छ ।

यसैगरि स्रोत नखुलेको रकम १९ लाख ६४ हजार (०.८४), अवैध नदीजन्य पद्धार्थ उत्खननबाट ७ लाख ६३ हजार २८६ अर्थात् ०.३३ प्रतिशत, अवैध काठ बरामदबाट ७ लाख ६५ हजार अर्थात् ०.३२ प्रतिशत, अवैध पशुपन्छीबाट २८ लाख २४ हजार ३२० अर्थात् १.२ प्रतिशत, अवैध मुद्रा बरामदबाट १ लाख ६ हजार ४९६ अर्थात् ०.०५ प्रतिशत र अवैध चाँदी बरामदबाट २ लाख ४६ हजार ३०४ अर्थात् ०.११ प्रतिशत राजस्व दाखिला गरिएको प्रहरीले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १७, बुधबार ०१:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP